Connect with us
Kapilvast Forest

मकवानपुरमा आइतबारदेखि सरकारी कार्यालय खुल्दै

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

काठमाडौं – मकवानपुर जिल्लामा आगामी आइतबारदेखि सबै सरकारी कार्यालयको सेवा प्रवाह नियमित हुने भएको छ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णय अनुसार स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरेर सेवा नियमित गर्न लागिएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

एक हजार बढी सङ्ख्यामा कोभिड–१९ का सक्रिय सङ्क्रमित रहिरहेकाले उच्च सतर्कता अपनाएर सेवा प्रवाह गर्ने गरी कार्यालय प्रमुखहरुलाई परिपत्र दिइएको प्रजिअ पाण्डेको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयलेसमेत बार अनुसार सेवा प्रवाह गर्न शुरु गरेको सन्दर्भमा सबै कार्यालयलाई सोहीअनुसार सतर्कता अपनाउने गरी कार्ययोजना बनाउन भनिएको उहाँले बताउनुभयो । प्रदेशस्तरीय कार्यालयहरुलाई भने सेवाग्राहीलाई टेलिफोनमार्फत जानकारी लिएर मात्रै आउने व्यवस्था गर्न भनिएको छ । जिल्लाको मालपोत र नापी कार्यालयलाई विशेष सतर्कताका साथ सेवा प्रवाह गर्न भनिएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu