Connect with us
Kapilvast Forest

कोमामा गएका एक नेपाली श्रमिकलाई बहराइनबाट नेपाल पठाइयो

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

काठमाडौं – बहराइनबाट कोमामा गएका एक नेपाली श्रमिकलाई स्वदेश पठाइएको छ ।एक वर्षदेखि बहराइनमा कोमामा उपचाररत उनको हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत हिजो नेपाल पठाइएको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सन्२०२० मे २५ देखि बिरामी भई कोमामा उपचाररत उनको एक वर्ष अस्पतालमा उपचार गर्दा लागेको लगभग ९४ लाख रुपैयाँ अस्पतालले माफ गरिदिएपछि नेपाल पठाउन सफल भएको दूतावासले जनाएको छ ।

कोमामा गएका उनको दूतावासले परिचय खुलाएको छैन । बहराइनको सरकारी अस्पताल किङ् हमाद युनिभर्सिटी अस्पतालमा उनको उपचार गराइएको थियो । दूतावासको अनुरोधमा अस्पतालका चिकित्सक र नसै आफैँ पनि उनलाई पुर्‍याउन नेपाल आएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu