Connect with us
Kapilvast Forest

असार २२ गतेदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

काठमाडौं -कोरोनाभाइरस (कोभिड—१९) विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने भएको छ । देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप पहिलो मात्रा लगाइएको थियो ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म पहिलो मात्रा करिब ३ लाख ७० हजार नागरिकलाई दिएको स्वास्थ्य सेवा विभागको खोप शाखाले जनाएको छ । देशभर असार २२ गतेदेखि दोस्रो मात्रा खोप लगाइने तयारी गरेको शाखाले जनाएको छ ।

दोस्रो मात्रा खोप लगाउन जाँदा यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने हुन्छ । यसअघि कोरोनाविरुद्धको भेरोसेल खोप पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेका नागरिकले समेत दोस्रो मात्रा खोप लगाउन पाउने छन् ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu