Connect with us
Kapilvast Forest

अंश विवादमा बाबुको हत्या

२०७८, ११ असार शुक्रबारमा प्रकाशित

hatya

जनकपुरधाम- धनुषामा अंश विवादमा छोराले बुबाको हत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बिहीबार राति धनुषाधाम नगरपालिका–१ काशिपुर बस्ने ७० वर्षीया विशो यादवको हत्या भएको हो।

इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले घरायसी विवादमा उनको कान्छो छोरा ३५ वर्षीय श्रीकृष्ण यादवले बुबाको हत्या गरेको जानकारी दिनुभयो ।

प्रहरीका निरीक्षक ठाकुरका अनुसार राति सुतेका बुबा विशोलाई कृष्णले मसला कुट्ने खलको बिँड प्रहार गरि हत्या गरेका हुन्। कान्छो छोरा कृष्ण र बुबा विशोबीच अंशका विषयमा पहिला पनि विवाद हुने गरेको स्थानीयले बताउनुभएको छ ।

शुक्रबार हत्या भएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।बुवाको हत्या गर्ने श्रीकृष्णलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu