Connect with us
Kapilvast Forest

सुधार गृहबाट भागेका चार बालक पक्राउ

२०७८, १३ असार आईतवारमा प्रकाशित

विराटनगर-विराटनगरको बालसुधार गृहबाट फरार भएका चार जना बालकलाई प्रहरीले पक्राउ गरेको छ।

तीन तलामाथिबाट हाम फालेर शनिबारदेखि फरार भएका तीन जनालाई आइतबार बिहान विराटनगरको नोबेल हस्पिटल अगाडिको नहरदेखि पक्राउ गरेको हो।

एक जनालाई प्रहरीले शनिबार बिहान विराटनगरको दूध फारमदेखि पक्राउ गरेको थियो।प्रदेश नम्बर १ प्रदेश प्रहरी कार्यलय विराटनगरको रिटको टोलीले उनीहरू लाई पक्राउ गरेको हो। फरार हुने तीन जना जवरजस्ती करणी मुद्दाका कैद सजाय र एक जना हातहतियार तथा खरखजना मुद्दामा पुर्पक्षका लागि रहेका बाल बिज्याँइकर्ता हुन्।

उनीहरुमध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बाल बिज्याँइकर्ता शनिबार पक्राउ परेका थिए। आइतबार संखुवासभा, उदयपुर र झापा घर भएका तीन जनालाई पक्राउ गरेर मोरङ प्रहरी कार्यालयमा राखिएको छ।

बाल गृहदेखि फरार भएका चारै जनालाई पक्राउ गर्न सफल भएको मोरङ प्रहरीका निमिक्त प्रमुख डिएसपी मन्जिल मुकारुङले जानकारी दिनुभयो ।

फरार भएका दुई जना बालक घाईते रहेको प्रहरीले जनाएको छ।सुरक्षा स्रोतका अनुसार शनिबार बिहान राति २ः५५ बजेतिर एकैपटक चार जना सुधार गृहको तीन तलामाथिबाट हामफालेर भागेका थिए।

कमजोर भौतिक संरचनाको फाइदा उठाउँदै बालसुधार गृहमा राखिएका बालविज्याइँकर्तामध्ये एक वर्ष अगाडि पनि दुई जना फरार भएका थिए। त्यसबेला फरार भएको ५ दिनपछि झापाबाट उनीहरु पक्राउ परेका थिए।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu