Connect with us
Kapilvast Forest

कृष्णनगरमा प्रधानमंत्री रोजगार कार्यक्रम : पोखरी सर सफाई

२०७८, १३ असार आईतवारमा प्रकाशित

कृष्णनगर-कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डानगर ९ नगरपालिका भवन पछाडि० अवस्थित पोखरी को वृहत सर सफाई प्रधानमंत्री रोजगार कार्यक्रमको कामका लागि पारीश्रमिक आयोजना अन्तर्गत जलकुम्भीले भरिएको उक्त पोखरीको सर सफाई भई वृहत सुन्दरीकरण भएको छ ।

नगरपालिकाले आगामी आर्थिक बर्ष देखि माछापालनका निम्ति ठेक्कामा दिने तयारी गरिरहेको छ ।
यसरी प्रकृतिक स्रोत सम्पदाको संरक्षण र सदूपयोग भई आय आर्जन र रोजगारी वृद्धिमा टेवा पुग्ने जन विस्वास रहेको छ ।
लगभग तीन बिगहा क्षेत्रफलमा फैलिएको उक्त सार्वजनिक पोखरी सर सफाई क्रममा रोजगार सेवा केन्द्रको वेरोजगारमा सुचिकृत भएका विभिन्न वडाका करिब ५० जनाले तिस दिन रोजगारीको अवसर पाएका छन् ।

चालु आर्थिक बर्ष २०७७र७८ मा कृष्णनगर नगरपालिका साना ठूला गरि करिब पैतिस वटा आयोजनाहरू संचालनमा रहेका छन् ।

सिचाई कुला मर्मत, ग्रामीण वस्तिमा नाला सर सफाई तथा सडक सुधार, पोखरीको संरक्षण लगायत अन्य कार्यक्रम लाई प्राथमिकता दिई संचालन गरिएको र नगरप्रमुख लगायत अन्य जनप्रतिनिधिले अक्त कार्यको प्रशंसा समेत गरेको कृष्णनगर नगरपालिका रोजगार संयोजक इश्वरी प्रसाद पौडेलले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu