महाराजगन्जमा प्रदेश प्रशिक्षण प्रतिष्ठानद्वारा अन्तरक्रिया
बृजेश यादव कपिलवस्तु,
कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगन्ज बाकेद्वारा अन्तरक्रीया कार्यक्रम समपन्न भएको छ ।
महाराजगन्ज नगरपालिकाको जनशक्ति ब्यवस्थापन, कार्यसम्पादन तथा नगरपालिकाको विविध विषय सम्बन्धी महाराजगन्ज नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत वेदप्रसाद खरेलले जानकारी दिनुभएको थियो ।
प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगन्ज बाकेको पाठयक्रम बिकास बिज्ञ बिष्णु न्यौपानेको संयोजकत्वमा आएको टोलि तथा महाराजगन्ज नगरपालिकाको शाखा प्रमुखहरु बिच कार्यक्रम भएको महाराजगन्ज नगरपालिकाको सुचना अधिकरी बृजेश कुमार चौधरीले जानकारी दिनुभयो ।
नगरपालिकाको सभाहलमा सम्पन्न भएको उक्त अन्तक्रिर्या कार्यक्रममा महाराजगन्ज नगरपालिकाको बिषयगत शाखा प्रमुख तथा प्रदेश प्रशिक्षण प्रतिष्ठान नेपालगन्ज बाकेको प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।