Connect with us
Kapilvast Forest

केपी ओलीले काेही नपाएर माधव नेपाललाई प्रधानमन्त्रीकाे प्रस्ताव राख्ला ?’

२०७८, १४ असार सोमबारमा प्रकाशित

काठमाडौं– प्रधानमन्त्री ओलीले नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यकर्ता र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पछि लागेकाे टिप्पणी गर्नुभएकाे छ ।

स्वर्गीय नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा सोमवार काठमाण्डौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेता नेपालले आफूले प्रधानमन्त्रीको प्रस्ताव गरेको भनी नागरिक माझ झुटको राजनीति गरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे । माधव नेपालले आफैँ भन्दै हिँडेका छन् मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे तर म मान्दिनँ । म शेरबहादुर देउवाप्रति यति समर्पित छु । म देशलाई, पार्टीलाई, नागरिकलाई धोका दिन्छु । पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु । उनी शेरबहादुर देउवाको पार्टीमै जान पनि सक्छन् । कार्यकर्ता भएर हिँडेका छन् । प्रचण्डको पार्टीमा त उनलाई जानु नै छ । त्यो त उनको गन्तव्य नै हो । मैले धेरै अगाडि भनेको थिएँ । माधव नेपाल भनेको प्रचण्डको एउटा कार्यकर्ता हुन् । तर धाक के लगाएर हिँडेका छन् भने प्रधानमन्त्री केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राखेका छन् । केही काम नपाएर, कोही मान्छे नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’

कहिले अध्यक्ष त कहिले प्रधानमन्त्रीको प्रस्ताव आएको छ भनी आफैँ आफ्नो महत्त्व बढाएर नेता नेपालले झुटको राजनीति गरेको दाबी प्रधानमन्त्री ओलीले गर्नुभयो । नेता नेपालले कम्युनिस्ट विचार धारा, सिद्धान्त र निष्ठा छोडेर नेकपाका अध्यक्ष दाहालको पछि लागेकाे ओलीकाे भनाइ छ ।

उहाँले पछिल्लो समय नेपाली राजनीतिमा नेता नेपालको चर्चा नाथुराम गोड्सेको रूपमा हुने गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘माधव नेपाल भन्ने एक जना कांग्रेसका पछाडि कुद्ने मान्छे छन् । अहिले नेपालको राजनीतिमा सबैजसोले नै चिन्छन् प्रायः । किनभने असाध्यै चर्चा भइरहेको छ कि यतिसम्म पनि मान्छे पतन हुन सक्दो रहेछ । आफ्नो पार्टीको सरकार ढाल्ने प्रमुख प्रतिपक्षीको नेतृत्वमा सरकार बनाउने । कम्युनिस्ट आन्दोलन सिध्याउने अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर हिँड्ने । यस्तो मान्छेको चर्चा सकारात्मक हिसाबले मात्रै होइन नकारात्मक हिसाबले हुन्छ नि । गान्धीको मात्रै चर्चा हुँदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिक दलका नेताहरूले आफ्ना कार्यकर्तालाई विचार बोक्न नभइ स्वार्थ बोक्न लगाउने गरेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राजनीतिक कार्यकर्तालाई कार्यकर्ताबाट जनमा परिणत गरिदिने । कार्यकर्तालाई विचार बोक्न लगाउने होइन स्वार्थ बोक्न लगाउने । स्वार्थको वितरण गर्ने । विचारको सम्प्रेषण होइन । स्वार्थको वितरण । र झुट र बेइमानीको सहारा लिने । केही मान्छेहरू अहिले हामीले देखिराखेका छौँ । विचार हरायो । उद्देश्य हराए । देशलाई कहाँ पुराउने हो त्यो कुरो बिर्सिए । समृद्ध नेपाल सुखी नेपाली उहाँहरू उच्चारण पनि गर्नु हुन्न । जनताको ध्यान त्यतातिर जान्छ, कार्यकर्ताको ध्यान त्यता जान्छ । त्यसपछि व्यक्तिगत स्वार्थ, अहङ्कार, महत्त्वाकाङ्क्षा र कुण्ठाको व्यापार चल्दैन ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu