Connect with us
Kapilvast Forest

रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्न पाउने

२०७८, १४ असार सोमबारमा प्रकाशित

 

बुटवल –रुपन्देहीमा भोलिदेखि सार्वजनिक यातायात चल्ने भएका छन् । सोमबार बसेको डिसिएमसीको बैठकले जिल्लामा जोर–विजोर प्रणालीका आधारमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको साहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताउनुभयो ।

‘अन्तर जिल्लामा चल्ने सवारी साधन चल्न पाउने छैन्’ पाण्डेले भन्नुभयो ‘ जिल्ला भित्र सबै सार्वजनिक यातायात भने जोर–विजोर प्रणालीका आधारमा चल्न पाउने छन् ।’

असार ८ गतेदेखि नीजि सवारी साधनलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न दिए पनि सार्वजनिक यातायातलाई सञ्चालन गर्न रोक लगाइएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu