Connect with us
Kapilvast Forest

आज भीषण वर्षाको सम्भावना

२०७८, १५ असार मंगलवारमा प्रकाशित

 

काठमाडौं-जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई ठाउँमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण ती प्रदेशमा पहिरोको जोखिम र नदीनाला तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

मनसुनी वायु प्रभाव र दक्षिणी भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी र बागमती प्रदेशका केही स्थानहरुमा वर्षा भइरहेको छ।

दिउँसो पनि देशभरको मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भीषण वर्षाको सम्भावना रहेको छ ।

मंगलबार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu