Connect with us
Kapilvast Forest

वन लसुनसहित गोरखाका दुई जना मनाङमा पक्राउ

२०७८, २० असार आईतवारमा प्रकाशित

pakrau

मनाङ-प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सुवास खड्काले उनीहरुलाई करिव ३० किलो प्रतिबन्धित वन लसुन सहित पक्राउ गरेको जानकारी दिनुभयो ।

सो लसुन ६ लाख रुपैयाँ बराबरको भएको बताइएको छ।उनीहरुले नार्पाभूमिको नार गाउँका कृषकहरुबाट प्रतिकेजी चार हजारको दरले किनेर ल्याएको उनले बताए। बरामद गरिएको वन लसुन नासों गाउँपालिका –५ थोंचे हुँदै मनास्लु पदमार्गमा पर्ने तिल्चे, भीमथाङ हुँदै लार्के पास गरेर गोरखाका ४६ वर्षीय छिरिङ बुन्जो लामालाई बिक्री गर्ने तयारी गरेकोे प्रहरीले जनाएको छ।

उच्च पहाडी क्षेत्रको २ हजार ५०० देखि ५ हजार उचाइसम्म पाइने वन लसुन यार्सागुम्बा सङ्ंकलन सकिएपछि जेठ असारमा सङ्कलन गरिन्छ।लेकमा पाइने वन लसुन घाउ चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा दिइने बताइएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu