युवक हत्यामा संलग्न तीन जना पक्राउ
काठमाडौं –महोत्तरीका जितेन्द्र साहको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
गएकाे आइतवार चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोटमा महोत्तरीको जलेश्वरका २० वर्षीय जितेन्द्र साह धारिलो हतियारले आक्रमण गरेर गम्भीर घाइते भएको अवस्थामा भेटिनुभएको थियो । उहाँको उपचारका क्रममा हिजाे (साेमवार) बिहान ट्रमा सेन्टरमा ज्यान गएको थियो ।
साहको हत्या गरेको आरोपमा प्रहरीले थानकोटका सोमलाल गोपाली र उनका छोरा साहिल गोपाली तथा मकवानपुर दामनका मनोज दोङ तामाङलाई पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।