Connect with us
Kapilvast Forest

सगरमाथा पुरस्कार कीर्तिमानी आरोही कामीरितालाई

२०७८, २२ असार मंगलवारमा प्रकाशित

 

काठमाडौं- सरकारले आरोहीहरुको सम्मानमा प्रदान गर्दै आएको अन्तराष्ट्रिय सगरमाथा पुरस्कार २०२१ कीर्तिमानी आरोही कामीरिता शेर्पालाई प्रदान गर्ने निर्णय गरेको छ । सगरमाथा दिवसको दिन प्रदान गर्ने उक्त पुरस्कार कोरोना महामारीका कारण रोकिएपछि असार १८ गते पर्यटन मन्त्रीस्तरीय निर्णयबाट शेर्पालाई प्रदान गर्ने निर्णय गरेको पर्यटन विभागका प्रवक्ता मोहनबहादुर जिसीले जानकारी दिनुभयो । ३५ वर्षदेखि निरन्तर पर्वतारोहणमा आरोही गाइड भएर काम गर्दै आएका सोलुखुम्बु थामेका कीर्तिमानी आरोही कामीरिता शेर्पाले यसैवर्ष २५ पटक सगरमाथाको आरोहण गरी विश्वकै सबैभन्दा धेरै आरोहण गर्ने आरोहीको रुपमा विश्व कीर्तिमान कायम गर्नुभएको थियो । सरकारले एक लाख राशीको अन्तराष्ट्रिय सगरमाथा पुरस्कार उहाँलाई दिने निर्णय गरेको छ ।

यता विभागले प्रदान गर्दै आएको तेन्जिङ्ग हिलारी पुरस्कार तीन जना आरोहीलाई प्रदान गर्ने निर्णय गरेको छ । जनही ५० हजार रुपियाँ रासीको उक्त पुरस्कार आरोही मिङ्मा ग्याल्जे शेर्पा, फुञ्जो जाङमु लामा र शर्मिला लामालाई प्रदान गरिने भएको विभागले जनाएको छ । पर्वतारोहणमा योगदान पुर्याउने आरोही तथा आरोही गाइडहरुको सम्मान र प्रोत्साहनका लागि सरकारले प्रत्येक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको थियो । सन् २०२० र यस वर्ष भने कोरोना महामारीका कारण छनेटमा ढिलाइ भएपछि असार १८ गते छनाेट गरी यसै महिनामा वितरण गर्ने तयारी गरेको विभागका प्रवक्ता जिसीले जानकारी दिनुभयो ।

गत सन २०२० को पुरस्कार भने अन्तराष्ट्रिय सगरमाथा पुरस्कारबाट शम्भु तामाङलाई दिने निर्णय गरेको छ भने आङदावा शेर्पा, पासाङफुटी शेर्पा, ङिमा नुरु शेर्पा र सानु शेर्पालाई तेन्जिङ्ग हिलारी पुरस्कार दिने निर्णय गरेको छ । पर्यटन विभागका महानिर्देशक रुद्रसिं तामाङको संयोजकत्मा पुरस्कार छनेट तथा सिफारिस समिति गठन भएको थियो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu