Connect with us
Kapilvast Forest

स्पेनलाई हराउँदै इटाली फाईनलमा

२०७८, २३ असार बुधबारमा प्रकाशित

एजेन्सी – स्पेनलाई हराउँदै इटाली युरोकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ ।इंग्ल्याण्डको लण्डनस्थित वेम्बले रंगशालामा आज बिहान सकिएको सेमिफाईनल खेलमा इटाली टाई बे्रेकरमा विजयी भयो ।

खेलको ६० औं मिनेटमा फेडेरिको किएसाले गोल गर्दै इटालीलाई अग्रता दिए । ८० औं मिनेटमा अल्भारो मोराटाले स्पेनका लागि बराबरी गोल गरे ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुग्यो । अतिरिक्त समयमा पनि गोल नभएपछि खेलको छिनाफानो टाइब्रेकरबाट भएको हो ।

टाई ब्रेकरमा इटाली ४–२ ले विजयी भयो । स्पेनका मोराटाले गोल गर्न नसकेपछि इटालीको तर्फबाट अन्तिम प्रहार गर्न आएका जर्जीनोले खेलको निर्णायक गोल गरे ।

इटालीले अब फाईनलमा इंग्ल्याण्ड र डेनमार्कबिच आज हुने दोस्रो सेमिफाईनल खेलको विजेतासँग खेल्नेछ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu