Connect with us
Kapilvast Forest

कपिलवस्तु पुर्ण खोप जिल्ला घोषणा

२०७८, २४ असार बिहीबारमा प्रकाशित

 

कपिलवस्तु – खोपको पुहच पुगे पछि कपिलवस्तु पुर्ण खोप जिल्ला घोषणा गरिएको छ । जिल्लामा रहेको १६ देखि २२ महिनाका सबै बालबालिकाहरु खोपको पहुचमा पुगे पछि पुर्ण खोप घोषणा गरिएको हो । लुम्बिनी प्रदेशको १० औ र नेपालको ६०औ जिल्लाकारुपमा कपिलवस्तु पुर्ण खोप हुन घोषणा भएको होे । लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रासद श्रेष्ठले राष्ट्रिय खोपको तालिका अनुसार सबै बालबालिकाहरु खोपको पहुचमा पुगेको ब्यानर पढदै त्यसमा हस्ताक्षर गरी कपिलवस्तुलाई पुर्ण खोप जिल्ला भएको घोषणा गर्नु भएको थियो ।

सो अवसरमा मन्त्री श्रेष्ठले पछी परेको कपिलवस्तु पुर्ण खोप जिल्ला भएकोमा बधाई दिदै जिल्लाको स्वास्थ्य क्षेत्रमा यो ठुलो उपलबधी भएको बताए । उनले धेरै क्षेत्रमा पछि परेको कपिलवस्तु नया संरचना अनुसार सरकारहरु गठन भए पछि बिस्तारै विकासले गति लिन सूरु गरेको बताए । उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनु भयो । सो अवसरमा प्रदेश सांसद बिष्णु पन्थीले लामो कसरत पछि कपिलवस्तु पुर्ण खोप घोषणा भएकोमा जिल्लाबासीलाई बधाई दिनु भयो ।

स्वास्थ्य क्षेत्रमा कपिलवस्तुकालागि यो ठुलो उपलब्धी रहेको उहाँले बताउनु भयो । कार्यक्रममा प्रदेश पुर्ण खोप समन्वय समितिका संयोेजक विकास देवकोटा, प्रजिअ चक्रपाणी पाण्डेय, बाणगंगा नगरपालिका मेयर मंगल प्रासद थारु, स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेय लगातयले मन्तब्य दिनु भएको थियो । बिभिन्न १२ वटा रोग बिरुद्ध २ बर्ष मुनीका बालबालिकाहरुलाई खोप लागेका छ । खोपका पहुच बालबालिका सम्म पुगेको पाण्डेयले बताउनु भयो । जिल्लामा १६ देखि २३ महिना सम्मका ६ हजार ७३९ जनालाई खोप लगाई सकिएको छ ।

यस्तै २ बर्षमुनीका २६ हजार ९५४ जनालाई समेत बिभिन्न १२ वटा रोग बिरुद्ध खोप लगाई सकिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीलीले बताएउनु भयो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद दनालको अध्क्षता र खोप अधिकृत चिन्तामणि ज्ञवालीको संचालनमा भएको थियो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu