Connect with us
Kapilvast Forest

शिवराजमा वैकल्पिक विधि बाट सिकाई सहजीकरण गर्ने तयारी

२०७८, २४ असार बिहीबारमा प्रकाशित

 

माधव बेल्वासे, चन्द्रौटाकपिलवस्तु शिवराज नगरपालिकाले वैकल्पिक विधि बाट सिकाइ सहजीकरण गर्ने भएको छ । कोरोना महामारीका कारण विद्यालय बन्द भएको लामो समय भएकाले अब वैकल्पिक तवर बाट सिकाइ गर्ने तयारी गरिएको नगरप्रमुख नेत्रराज अधिकारीले बताउनुभयो । बुधवार विभिन्न सरोकारवला निकाय सँग सुझाव लिँदै विद्यार्थीलाई सहज हुने तरिकाले सिकाइ सहजीकरण गरिने प्रमुख अधिकारीले बताउनुभयो ।

गत वर्ष देखि नै कोरोनाका कारण विद्यालय सचालनमा समस्या देखीएको र आगामी दिनमा पनि कोरोनाको अर्को लहर आउन सक्ने भएकाले दीर्घकालीन सोचका साथ योजना बनाउनु पर्ने शिक्षा शाखा प्रमुख लोकराज पन्थीले बताउनुभयो ।

जिल्लाका अन्य स्थानिय तह सग छलफलमा CUG माध्यम (माेवाईल फाेनबाट समुहलाई सिकाई सहजिकरण) लाई अभ्यासमा ल्याउने योजना रहेको पन्थीले बताउनुभयो । यस विधिमा एक पटकमा नौ जना विद्यार्थीलाई निशुल्क अडियो मार्फत अध्यापन गराउन सकिने बताइएको छ । त्यस्तै नगरमा रहेका सबै बिद्यालयहरु ईन्टरनेट जडानको काम भएको पन्थीले बताउनुभयो ।

कार्यक्रममा शिक्षक मुक्तिनाथ पोख्रेलले ईन्टरनेट जुम मार्फतको सिकाइ प्रभावकारी हुने बताउनुभयो ।लामो समयदेखि बिद्यालय बन्द हुदा सिकाइ प्रभावित भएको भएपनि नगरले कुनै ठोस निर्णय गर्न नसक्दा समस्या भएको जनाउनुभयो ।

उद्योग वाणिज्य सघका अध्यक्ष जम्सेर मियाले विद्यार्थीको भौतिक उपस्थितिमा अध्यापन गराउन नसकेको अवस्था रहेकोले टोल टोलमा ईन्टरनेट जडानमा गर्नु पर्ने बताउनुभयो । अहिले पढ्न प्रभावित हुनु भनेको विद्यार्थीको भविष्य अन्धकार हुने भएकोले यसमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा शिक्षकहरुलाइ प्रविधि सम्वन्धी प्रशिक्षण दिन सकेमा बैकल्पिक सिकाइमा सहज हुने बिस्वास छ ।

त्यस्तौ सबैको पहुच भएकाे रेडियाे र ईन्टरनेटकाे पहुच भएकामा अनलाईन कक्षा संचालन गर्न सराेकारवालाहरूले सुझाव दिएका छन । नगरले वैकल्पिक सिकाइको लागि ८० लाख भन्दा बढी खर्च गर्दै छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu