Connect with us
Kapilvast Forest

निर्मात्री तथा नायिका जेनी कुँवरद्वारा आत्महत्या

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

 

काठमाडौँ-नायिका तथा निर्मात्री जेनी कुँवरले आत्महत्या गर्नु भएको छ । । प्रहरी वृत्त, बाँनेश्वरका डीसएपी मिमबहादुर लामाका अनुसार, उहाँले आफू बस्दै आएको काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गर्नु भएको हो । जेनीको शव उहाँ बस्दै आएको अपार्टमेन्टमा भेटिएको छ ।

थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बिहीबार बेलुकी ९ बजे झुण्डिएको अवस्थामा उहाको शव फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनु भयो ।

एसएसपी सिंहका अनुसार अहिले प्रहरीले मुचुल्का उठाइरहेको छ।चलचित्र अभिनेत्री जेनीको शव त्यसपछि पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने प्रहरीले जनाएको छ।

जिन्दगानी नामक चलचित्रबाट अभिनय सुरु गरेकी जेनीले आधादर्जन बढी चलचित्रमा अभिनय गर्नु भएको थियो ।मैदान, जीवनदाता, कानुन, विन्तीपत्र, मलाई माफ गरिदेऊ, हलचल, अभिमन्यू लगायतमा उनको अभिनय छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu