Connect with us
Kapilvast Forest

विश्व बैंकले नेपाललाई १२ अर्ब ऋण सहायता दिने

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

world_bank

 

काठमाडौं -विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर अर्थात् १२ अर्ब रुपैयाँ बराबरको ऋण सहायता दिने भएको छ । मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक स्रोत व्यवस्थापनमा बैंकले यस्तो सहायता दिने भएको हो ।
शुक्रबार बसेको बैठकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि समान ५/५ करोड ऋण सहायता दिने निर्णय गरेको हो ।

यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्नका साथै सरकारको क्षमता अभिवृद्धिमा समेत सघाउ पुग्ने नेपालस्थित विश्व बैंकको कार्यालयले विश्वास व्यक्त गरेको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुने बताउँदै बैंकले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा समेत सहयोग पुग्ने बताएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu