बुद्धभुमीमा कुखुरा खोर र सुधारिएको चुलो बितरण
कपिलवस्तु-कपिलवस्तुको बुद्धभुमि नगरपालिकाले वडा न ४ को कुमाल टोलमा कुमाल समुदायको आर्थिक अवस्था सुधारका लागि कुखुरा खोर र सुधारिएको चुलो बितरण
गरेको छ ।
मुख्य मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत समुदायका २० घर परिवारलाई बितरण गरिएको हो । प्रत्येक घर ९ वटा कुखुरा , १ खोर र १ थान सुधारिएको चुलो बितरण गरिएको नगरपालिकाले जानकारी दिएको छ । ५ लाखको कुल लागतमा उक्त बितरण कार्य गरिएको हो ।
समुदायको आर्थिक अवस्था सुधार गर्न बितरण गरिएको नगर प्रमुख केशव श्रेष्ठले बताउनु भयो । यो समुदाय अन्य समुदाय भन्दा बन्चितिकरणमा परेको समुदाय भएकोले उनिहरुलाइ हरेक बर्ष विभिन्न कार्यक्रम मार्फत सहयोग गरिएको उहाँले बताउनु भयो । बितरण गरिएको कुखुरा बीउ पुजिका रुपमा राख्न प्रमुख श्रेष्ठले समुदायलाई आग्रह गर्नु भयो । बिगतका बर्षमा सडक , सडक बत्ती लगायत नगरले सहयोग गरेको थियो ।
एक मुस्ट मिलेर बसेको कुमाल समुदायमा नगरले विविध कार्यक्रम मार्फत नमुना गाउँ बनाउने योजना गरेको छ ।
कार्यक्रममा नगर प्रमुख केशव श्रेष्ठ , प्रमुख प्रशासकिय अधिकृत अनिल पौडेल , वडा अध्यक्ष पवन थारु र कार्यक्रम सहज कर्ता थानेश्वर अधिकारीको सहभागिता रहेको थियो ।