Connect with us
Kapilvast Forest

युनियन लाइफको आईपीओमा दोस्रो दिनसम्म करिब ३ गुणा बढी आवेदन

२०७८, २५ असार शुक्रबारमा प्रकाशित

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म करिब तीन गुणा बढी आवेदन परेको छ । कम्पनीको बिक्री प्रवन्धक प्रभु क्यापिटलले दिएको जानकारी अनुसार दोश्रो दिन नै २.९४ गुणाले बढी आवेदन परेको छ ।

६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर निष्काशन गरिएकोमा निष्काशनको दाश्रो दिन अपरान्ह ३ः३० बजे सम्म ११ लाख २८ हजार ३ सय ८४ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ८९ करोड ७९ लाख ९३ हजार रकम बराबरको १ करोड ८९ लाख ७९ हजार ९ सय ३० कित्ता शेयरको लागि आवेदन परेको छ ।

 

यो आइपिओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो । यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आइपिओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते सोमबारसम्म रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu