Connect with us
Kapilvast Forest

ईन्द्रजात्रालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन विदेशीलाई निम्ता

२०७६, ४ भाद्र बुधबारमा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राष्ट्रियपर्व इन्द्रजात्रालाई अब अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाल चिनाउने चाडका रुपमा मनाउने बताउनुभएको छ ।

इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलमा बुधबार मेयर शाक्यले यस्तो बताउनुभएको हो ।

‘इन्द्रजात्रा नेवाः समुदायको मात्र पर्व होइन, यो राष्ट्रियपर्व भएकाले यसलाई सबै जातजातिको साझा पर्वका रुपमा मनाउनु पर्छ,’ शाक्यले भन्नुभयो, ‘नेवाः समुदायको बाहुल्यता भएको ठाउँमा भएकाले स्वाभाविकै रुपमा नेवाः समुदायले पर्वको समन्वय गर्ने भयोे तर यो सबैको साझा पर्व भएकाले यस वर्षदेखि अन्तर्राष्ट्रियस्तरमा पनि चिनाउने गरी मनाउने तयारी भएकोमा मलाई खुशी लागेको छ ।’

उहाँले छलफलका क्रममा विगतका वर्षमा भन्दा यो वर्ष इन्द्रजात्रालाई भव्यरुपमा सम्पन्न गर्न महानगरपालिकाले विशेष समन्वय गरेको पनि जानकारी दिनुभयो । ‘हामीले इन्द्रजात्रा अवलोकनका लागि यो वर्ष महानगरपालिकासँग भगिनी सम्बन्ध भएका विभिन्न देशका धेरै नगर प्रमुखलाई निम्ता गरेका छौं । त्यस मध्ये १३ वटा नगरपालिकाका ५ मेयरसहित ४८ जनाले सहभागिता जनाउने निश्चित भइसकेको छ,’ शाक्यले भन्नुभयो, ‘हामी अहिले नेपाल भ्रमण वर्ष २०२० को तयारीमा जुटेका छौं । हामीले उहाँहरुलाई निम्ता गर्नुको प्रमुख कारण नेपाल चिनाउनका लागि पनि हो ।’

चीन, जापान र संयुक्त राज्य अमेरिकाबाट इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनालाई यहाँको मूर्त–अमूर्त सम्पदाका बारेमा जानकारी गराउने तयारी समेत महानगरपालिकाले गरेको छ । ‘चार रात पाँच दिनका लागि नेपाल आउने पाहुनालाई हनुमानढोका दरबार, स्वयम्भू, चन्द्रागिरी पाटन, भक्तपुर दरबार स्क्वायर लगायतका स्थानको अवलोकन गराउने तयारी भएको छ,’ मेयर शाक्यले भन्नुभयो, ‘यहाँको सस्कृति, सम्पदा र पर्यटनका बारेमा जानकारी गराउन पाहुनालाई नासल चोकमा रात्रिभोज सहित साँस्कृतिक कार्यक्रम गर्ने तयारी पनि हामीले गरेका छौं ।’

त्यसै गरी महाकाली नाच, लाखे नाच, पुलुकिसि नाचसँगै कुमारीको दर्शन र जात्रासँग सम्बन्धित विभिन्न गुठीबारे जानकारी गराउने महानगरपालिकाले तयारी गरेको छ । उहाँले यसले भगिनी सम्बन्ध स्थापित गरेका नगरसँग यहाँको पर्यटन प्रवद्र्धनका बारेमा अनुभव आदन–प्रदान हुने बताउनुभयो । विगतमा इन्द्रजात्राका लागि केन्द्र सरकारले नै आर्थिक सहयोग गर्दै आएको स्मरण गराउँदै मेयर शाक्यले सरकारको अनुमति अनुसार नै अघिल्लो वर्षदेखि स्थानीय सरकारले सहयोग गर्ने गरेको जानकारी गराउनुभयो । ‘इन्द्रजात्राको सबै तयारी गर्नुहोला महानगरपालिकाले आर्थिक अभाव हुन दिँदैन’, उहाँले भन्नुभयो, ‘स्थानीय सरकारसँग मिलेर यहाँका पर्व–जात्रालगायत सबै सम्पदा र संस्कृतिको जगेर्ना गरौं ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu