Connect with us
Kapilvast Forest

प्रधानमन्त्री ओली आज उपचारका लागि सिंगापुर जाँदै

२०७६, ५ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सिंगापुर जाँदै भएका छन्। थप उपचारका लागि आज दिउँसो साढे १ बजे सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

ओली उपचारका लागि १८ साउनमा सिंगापुर गएका थिए। त्यहाँको सरकारी अस्पतालमा एक साता लामो स्वास्थ्य परीक्षण गरेर उनी फर्किएका थिए । यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहअनुसार सिंगपुर जान लागेका ओलीलाई औषधिको साइड इफेक्ट पनि देखिएको छ।

औषधिको साइड इफेक्टले ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या उनमा देखिएको छ। सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu