मुख्य मन्त्री पोख्रेल सहीत ५ मन्त्री पुगे उदघाटन कार्यक्रममा
कपिलवस्तु –
खुला संग्रहालयकारुपा परिचित प्राचिन कपिलवस्तुको कपिलवस्तु नगरपालिकामा २ वटा छुट्टा छुट्टै बुद्धको पुर्णकदको प्रतिमा अनावरण गरिएको छ । कपिलवस्तुलाई पर्यटकीय गन्तब्य स्थलकारुपमा बिकसित गर्न गौतम बुद्ध अघि जन्मिएका क्रकुछन्द र कनकमुनी बुद्धको प्रतिमा सहीत बगैचाको उदघाटन गरिएको हो । त्यहा साढे ६ फिट अग्लो र ३० ईन्च चौडाईको प्रतिमा राखिएकोछ ।
करिब एक क्विण्टल तौल रहेको प्रतिमा पितलको रहेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–७, करैयाका मुर्तिकार गोबिन्द चौधरीले ७ महिना लगाएर बनाएका हुन् । थेरबादी संप्रदायका भिक्षु र महायानी संप्रदायका लामाले मंगल पाठ गरेपछि मुख्यमन्त्री पोखरेलले द्विप प्रज्जवलन गरि प्रतिमा अनावरण गर्नु भएको थियो ।
ती दुबै बुद्धको नेपालमै पहिलो पटक प्रतिमा बनाइएको बुद्धमागी भिक्षु मेत्रेयले बताउनु भयो ल्म्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोख्रेलले कपिलवस्तु नगरपालिका वडा नम्बर ५ गोटीहवामा क्रकुछन्द बुद्ध र नगरपालिका वडा नम्बर ११ अरौराकोट स्थित कनकुमनी बुद्धको प्रतिमा अनावरण गरेका हुन । मुर्ति अनावरण गर्नु अघि भिक्षुहरुले १० मिनेट बिशेष पाठ गर्नु भएको थियो ।
सो अवसरमा मुख्यमन्त्री पोख्रेलले जीवन्त संगूहालयकारुमा रहेको कपिलवस्तु लामो सयम सम्म ओझेलमा परकोमा बुद्धको प्रतिमा स्थापना भए पछि अब पर्यटकीय गन्तब्यकारुपमा विकास हुदै जाने बताउनु भयो । उहाँले कपिलवस्तुको पर्यटकीय विकासक र ऐतिहासिकता उजागर गर्न यसको संरक्षण गर्न उत्तिकै आवश्यक रहेको बताए ।
उनले बुद्ध स्थलको विकासकालागि पुर्वाधार बढाउदै लाने भन्दै उनले यसकालागि स्थानीयको पनि उत्तिकै चासो रहनु पर्ने बताउनु भयो । क्रकुछन्द बुद्धको प्रतिमा र बगैचा गरी ५९ लाख तथा कनकमुनी बुद्धको प्रतिमा र बगैचा सहीत पुर्वाधार गरी ८८ लाख रुपैया खर्च भएको डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले बताउनु भयो ।
लुम्बिनीप्रदेश सरकार अनर्गत उद्योग वन तथा वातावरण मन्त्रालयको सहयोगमा सो संरचना निर्माण गरिएको हो । सम्राट अशोक राजा भएको २० औ बर्षमा ती दुई ठाउमा आएर अशोक स्तम्भ खडा गरेका थिए । गोटीहवमा एउटा स्तम्भ र अरौराकोट नजिक निगालीकोटमा दुई टुक्रा भएको अशोक स्तम्भ अझै रहेका छन । नेपालमा क्रकुछन्द र कनकुमनी बुद्धको कुनै आकार नभेटिए पछि लुम्बिनी विकास कोषको सहयाृगमा म्यानमारबाट आकार ल्याएर मुर्ति निर्माण गरिएको मुख्यमन्त्री पोखैलले बताउनु भयो । साढे ६ फिट लम्बाई र ३० ईन्च चौडा रहेको पित्तलको मुर्ति निर्माण गरिएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका– ७ स्थित मुर्तिकार गोबिन्द चौधरीले ६ महिना लगाएर मुर्ति बनाएका हुन । मुर्तिको तौल एक क्युन्टल बढी रहेको र छ महिना बढी अवधि लगाएर उनले पहिलो पटक पित्तलको मुर्ति बनाएको बताउनु भयो । मार्बल, ढुंगा र फाईबरका मुर्ति मात्र बनाएका उनले पहिलो पटक पित्तलको बुद्धको मुर्ति बनाउदा गर्व लागेको बताउनु भयो । हैटौडाको स्मारक समेत उनैले बनाएका थिए ।
संरचना निर्माण योगदान दिएका ेभन्दै एक दर्जन बढी सम्मानित समेत गरिएको थियो । यस्तै सोही समारोहमा बिभिन्न पुस्तकहरु समेत बिमोचन गरिएको थियो । क्रकुछन्द बुद्धको प्रतिमा र बगैचा वडा नम्बर ५ का अध्यक्ष दिरेप कुमार चौधरी र कनकमुनी बुद्धको प्रतिमा वडा नम्बर ११ का अध्यक्ष रामगोपाल यादवको अगुवाईमा भएको थियो ।
तिलौराकोटलाई स्मारण क्षेत्र सहीत बिश्व संपदा सुचीमा राख्न तयारी भईरहेका बेला एकै पटक २ बुद्धहरुको प्रतिमाको अनावरण हुनु निकै खुशीको कुरा रहेको लुम्बिनी बिकास कोषका सदस्य राजशे ज्ञवालीले बताउनु भयो । ‘ कपिलवस्तु आउने बुद्धमार्गी र पर्यटकहरुकालागि यसेले आकषर्ण थपेको छ ’उहाँले भन्नु भयो । उता कारोना संक्रमणका बेला बुद्धको प्रतिमा उदघाटन गर्न ल्म्बिनी प्रदेशका मुख्य मन्त्री सहीत अन्य चार मन्त्रीहरु समते लावा लस्कर सहीत सहभागी भएका थिए ।
शिक्षा तथा सामाजिक विकास मन्त्री धरम बहादुर श्रीवास्तव, आर्थिक मामिला मन्त्री बैजनाथ चौधरी, स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठ, उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेय र सचिव डाक्टर राजेश केसी समेत कार्यक्रममा आएका थिए । दुबै ठाउमा बगैचा बनाई सुन्दरीकरण गरि पार्क बनाईएकोछ । फुल विरुवा रोपिएकोछ । सानो पोखरी बनाएर आकर्षण थपिएकोछ । दुबै प्रतिमा ठाउ ऐलानी जग्गामा बनाईएकोछ । उपभोक्ता समितिबाट दुई आवमा निर्माण पूरा गरिएको हो ।