Connect with us
Kapilvast Forest

अर्घाखाँचीमा बढी भाडा लिने गाडीलाई १५ सयका दरले जरिबाना

२०७८, २६ असार शनिबारमा प्रकाशित

अर्घाखाँची – अर्घाखाँचीमा तोकिएको भन्दा बढी भाडा लिने ६ वटा सार्वजनिक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइ जरिबाना गरेको छ ।गोरुसिङ्गे–सन्धिखर्क सडकमा चल्ने सार्वजनिक गाडीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुलेको पाइएपछि ६ वटा गाडीलाई नियन्त्रणमा लिइ कारबाहीसहित जरिबाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रविन आचार्यले बताउनुभयो ।

यातायात व्यवसायीका पदाधिकारीलगायतको उपस्थितिमा चालक तथा सहचालकलाई ट्राफिक सचेतना दिइ दुई वटा बस, तीन वटा माइक्रोबस र एउटा जीपलाई १५ सय रुपैयाँका दरले जरिबाना तिराइएको प्रहरीको भनाइ छ ।

सार्वजनिक गाडीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएपछि ट्राफिक प्रहरीले तत्कालै बढी लिइएको रकम फिर्ता गराएको थियो । तिनै गाडीका धनीबाट जरिबाना तिराइएको प्रहरीको भनाइ छ ।जिल्लामा निषेधाज्ञामा जोर–बिजोर हटेपछि सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डमा प्रहरीले गाडी जाँचमा प्रहरीले कडाइ गरेको हो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu