Connect with us
Kapilvast Forest

भारतद्वारा २ अर्ब ४५ करोड नेपाललाई हस्तान्तरण

२०७६, ५ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं ।भारतले भूकम्प पुनर्निर्माणका २ अर्ब ४५ करोड रुपैयाँ शोधभर्ना नेपाललाई उपलब्ध गराएको छ।

पाँचौँ नेपाल भारत संयुक्त आयोगमा बैठकमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

बैठकमा नेपालमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थिति थिए। भारतले ०७२ काे भूकम्पपछिकाे पुननिर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियाे। जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ।

भारतले हुलाकी राजमार्ग निर्माणका लागि ८० लाख भारू उपलब्ध गराएको छ। भारतले नुवाकोट र गोरखाका ५० हजार लाभग्राहीहरुलाई अनुदान रकम उपलब्ध गराउने जनाएको थियाे।

भारतले उपलब्ध गराउने २५ अर्ब अनुदानमा भवन पुनर्निर्माणमा १० अर्ब, विद्यालय, स्वास्थ्य संस्था तथा सम्पदा पुनर्निर्माणमा ५–५ अर्ब रुपैयाँ रहेको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu