बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएकोमा आज तोलाामा तीन सयले बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार सात सय रहेको छ भने तेजावी सुनको मूल्य ९२ हजार दुई सय रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य तोलामा १३१५ कायम गरिएको महासंघले जनाएको छ ।