Connect with us
Kapilvast Forest

खोप खरिद गर्न थप ५ अर्ब रकम निकासा

२०७८, ३० असार बुधबारमा प्रकाशित

काठमाडौँ-नवनियुृक्त अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले कोरोना विरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा गर्नु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले पदबहाली गरेपछि पहिलो निर्णय गर्दै खोपका लागि थप ५ अर्ब रुपैयाँ निकासाको लागि स्वीकृति प्रदान गर्नु भएको हो ।उहाँले कोरोना महामारीमा जनताको जीवन रक्षामा सरकार केन्द्रित रहेको बताउनुभयो ।

साथै उहाँले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्वीकृत गर्नु भएको छ । स्वास्थ्य मन्त्रालयले अर्थलाई पेश गरेको ३ वटा फाइल उनले सदर समेत गर्नु भएको छ । स्वास्थ्यले स्वास्थ्यकर्मीहरुको जोखिमभत्ता तथा आइसियु एचडियु थप्न थप रकम प्रस्ताव गरेको थियो ।

कोभिड– १९ जोखिम न्यूनिकरणका लागि अक्सिजन प्लान्ट, एचडीयू आइसियु तथा भेन्टिलेटर खरिदका लागि ९६ करोड १२ लाख रकमान्तर तथा ५२ करोड ४६ लाख प्रादेशिक र स्थानीय तहलाई वित्तिय हस्तान्तरण गर्न पनि सहमति दिनुभएको छ । त्यस्तै, कोभिड– १९ संक्रमितलाई निःशुल्क उपचार सेवा उपलव्ध गराइ वापत् केन्द्रिय र प्रादेशिक अस्पतलाई ५६ करोड ४१ लख रकमान्तर र वित्तिय प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ३७ करोड २५ लाख सर्शत अनुदानको रुपमा हस्तान्तरण गर्न पनि अर्थमन्त्री शर्माले सहमति प्रदान गर्नु भएको छ ।

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले चैतसम्ममा खोप लगाउन योग्य सबै नागरिकलाई खोप दिने निर्णय गरेको थियो । यस्तै हिजै बसेको बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई ७ दिनभित्र जोखिम भत्ता उपलव्ध गराउने निर्णय गरेको थियो । यसअघिको सरकारले फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मीहरुलाई ५० प्रतिशत जोखिमभत्ता दिने निर्णय गरेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu