Connect with us
Kapilvast Forest

अर्घाखांचीमा हत्या गरी फरार अभियुक्त १४ वर्षपछि पक्राउ

२०७८, ३० असार बुधबारमा प्रकाशित

बुटवल- अर्घाखांचीको पाणिनी गाउंपालिकामा १४ वर्ष अघि भएको हत्याका फरार अभियुक्त पक्राउ परेका छन् ।पाणिनी गाउँपालिका–५ पल्टेका २१ वर्षिय नारायणबहादुर सूर्यवंशी मगरको २०६४ साल असोज २६ गते दिन आफ्नै घरमा तीनजनाको कुटपिटबाट हत्या भएको थियो ।

हत्यामा संलग्न रहेको अभियोगमा कपिलबस्तु बाणगंगा नगरपालिका(१ उप्टहवाबाट ४२ वर्षिय हुमबहादुर रास्कोटी मगर पक्राउ परेका हुन् । १४ वर्षअघि पाणिनी गाउँपालिकाकै बासिन्दा रहेका रास्कोटी बसाई सराई गरी कपिलवस्तु झरेका हुन् ।

उनी घरमै लुकिछिपी बसेको अवस्थामा अर्घाखांची प्रहरीले कपिलवस्तु प्रहरीको समन्वयमा पक्राउ गरिएको र अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनु भयो ।

घटनामा संलग्न मध्ये बर्ष ४५ का चोकबहादुर खाम्चा मगर र वर्ष ४८का गनबहादुर खाम्चा मगर फरार रहेका र उनीहरुको खोजी भइरहेको प्रहरी नायब उपरक्षिक थापाले बताउनु भयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu