Connect with us
Kapilvast Forest

माधव नेपाल समूहले गठन गर्‍याे अखिल फाेर्स

२०७८, ३१ असार बिहीबारमा प्रकाशित

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले अखिल फोर्स गठनको घोषणा गरेको छ ।

बिहीवार अनेरास्ववियु केन्द्रीय कमिटीले उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै अखिल फोर्स गठनको घोषणा गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा पाँच सय एक सदस्यीय अखिल फोर्स गठन गरिएको अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो ।

उहाँले वरिष्ठ नेता नेपाललगायतका आफ्ना नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहार प्रस्तुत भइरहेको भन्दै त्यसको विरुद्धमा प्रतिकार गर्नका लागि अखिल फोर्स गठन गरिएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत आफ्ना नेतालाई गाली गरिरहेको भन्दै उनीहरूलाई भौतिक रूपमा पहिचान गरेर कारबाही गरिने दाबी पनि गर्नुभयो ।

पराजुलीले भन्नुभयो, ‘आज केपी ओलीले बालकोटमा बसेर माधव नेपालहरूप्रति वक्रदृष्टि लगाइरहनुभएको छ । केपी ओलीको वक्र दृष्टिकोण न्यायालयप्रति पनि ठडिएको थियो । तर न्यायालयले केपी ओलीको वक्र दृष्टिकोणको औँलालाई काटिदिएको छ । अब माधव नेपालहरूप्रति ठड्याएका वक्र दृष्टिकोण समाप्त पार्ने हो । यसका लागि अनेरास्ववियु लाग्छ । आज हामी अखिल फोर्स बनाउँदैछौँ, यदाकदा साइबर स्यालहरू विभिन्न ढङ्गले हाम्रो नेताहरूलाई सामाजिक सञ्जालमा तथानाम गाली गरिरहेका छन् । यो अखिल फोर्सले एउटा काम गर्नेछ, ती साइबर स्यालहरूलाई भौतिक रूपमा पहिचान गरेर कारबाही गर्नेछ र यसको नेतृत्व अनेरास्ववियुले गर्नेछ । अखिल फोर्सले गर्नेछ ।’

अध्यक्ष पराजुलीले ओली पक्षीय युवा विद्यार्थीले माधव नेपालको घर घेर्ने समाचारहरू बाहिर आएको भन्दै माधव नेपालको घरतर्फ कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरू भौतिक कारबाहीमा उत्रिने चेतावनीसमेत दिनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu