Connect with us
Kapilvast Forest

एमाले स्थायी कमिटी बैठक, तीन एजेण्डामा छलफल हुने

२०७८, १ श्रावण शुक्रबारमा प्रकाशित

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा जारी बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

उनका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ । सर्वोच्च अदातलको फैसला तथा संसदमा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे पनि छलफल हुनेछ । उनले भने, ‘संगठन र संघर्षलाई सँगसँगै लैजाने गरी छलफल गर्छौं ।’

 

माधव नेपाल पक्षले भने बैठक सार्न आग्रह गरेको छ । बैठकस्थलमै पुगेर पनि आग्रह गर्न सक्ने भन्दै एक स्थायी कमिटी सदस्यले भने, ‘बैठक सार्नु भएन भने हामी जाँदैनौं ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu