प्रधानमन्त्री ओली पुनः स्वास्थ्य जाँचका लागि सिंगापुर प्रस्थान
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पुनः सिंगापुर प्रस्थान गरेका छन्। यसअघि २७ गते मात्रै उनी सिंगापुरबाट फर्किएका थिए। उनी स्वास्थ्य जाँचका लागि भन्दै गत साउन १८ मा सिंगापुर गएका थिए।
उनीसँगै पत्नी राधिका शाक्य, निजी चिकित्सक डा. दिव्या सिंह, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, स्वकीय सचिव राजेश वज्राचार्य पनि सिंगापुर गएका छन्।
ओलीको फर्किने मिति सार्वजनिक गरिएको छैन।