प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता
काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार नै विश्वासको मत लिनुहुने भउको छ । त्यसका लागि संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।
हालको स्थितिमा प्रधानमन्त्रीको पक्षमा कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गरी १ सय २८ सांसद छन् । देउवा सरकारलाई विश्वासको मतका लागि १ सय ३६ सांसद आवश्यक पर्छ । एमाले माधव नेपाल निकट आठ सांसदलले सहयोग गरेमा देउवाले विश्वासको मत पाउनुहुने छ ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले संसद बसेको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । देउवाले संसदको सुरुआती बैठकमै विश्वासको मत लिन लागेका हुन् ।