तीन महिनाको मेहनत खेर गयो : शंकर पोखरेल
काठमाडौं : नेकपा (एमाले) एकता कार्यदल सदस्य शंकर पोखरेलले तीन महिनाको मेहनत खेर गएको बताएका छन्।एकताका लागि भएको १० बुँदे सहमतिमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएपछि पोखरेलले यस्तो बताएका हुन्।
आइतबार वरिष्ठ नेता नेपालसँग भेट गरेपछि सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै पोखरेलले लेखेका छन्, ‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मेहनत खेर गयो।’
पार्टी एकता जोगाउन लागिपरेका नेताहरुले शनिबार पार्टी अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए। ओलीले १० बुँदे सहमति कार्यान्वयनका लागि आफू तयार भएको भन्दै माधव नेपाललाई भेट्न अनुरोध गरेका थिए। सोही अनुसार कार्यदल सदस्यले आइतबार माधव नेपालसँग भेट गरेका हुन्।
एमाले एकता कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो। उक्त सहमतिप्रति वरिष्ठ नेता नेपालले असन्तुष्टि जनाएका छन्।