Connect with us
Kapilvast Forest

अब देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित

२०७८, ३ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं- जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेपछि देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ ।

यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि अब देउवाको पक्षमा बहुमत पुग्ने पुग्छ । नेपाल समूहका सांसदहरुले पनि देउवालाई मत दिने तयारी गरिसकेका छन् ।

यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो । विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu