Connect with us
Kapilvast Forest

घरगोठ जोगाउन तरुण उपाध्यक्षले पठाए जाली

२०७८, ४ श्रावण सोमबारमा प्रकाशित

प्यार अलि खान, प्युठान – झिम्रुक गाउँपालिकामा पहिरोको उच्च जोखिममा परेको घरगोठ जोगाउन जाली प्रदान गरिएको छ।

वडा नं ३ हल्ते निवासी ओमबहादुर थापाको घरगोठ जोगाउन तरुण दलका नेताद्धय हिमाल महत तथा विकास थापाको समन्वयमा तरुण जिल्ला उपाध्यक्ष दिपक केसीले व्यक्तिगत सहयोग स्वरूप करिब १ लाख बराबरको १ ट्रयाक्टर जाली व्यवस्थापन गरिदिएका छन्। असार महिनामा  वर्षातका कारण थापाको घरगोठ जोखिममा पर्दै आएको थियो। ‘घर छेउमै पहिरो छ।’ थापाले भने,

‘घरगोठ जोगाउन वडा कार्यालयमा पटक-पटक आग्रह गर्दा पनि सुनुवाई भएन।’

आर्थिक अवस्था नाजुक रहेका थापालाई जहाँ समस्या छ त्यहाँ तरुण भन्ने नाराका साथ आवस्यक सहयोग गरेको केसीले बताए। ‘जालीमा ढुङ्गा पनि हाम्रै टिमले भरिदिनेछ।’ केसीले भने, ‘नजिकैको स्थानीय सरकार प्राकृतिक विपदमा जनताको जिउधनको रक्षाको लागि बढी जिम्मेवार बन्नुपर्छ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu