Connect with us
Kapilvast Forest

सुठौली भन्सारमा लक्ष्य भन्दा दुई गुणा बढी राजस्व संकलन

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

कपिलवस्तु –कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सारमा चालु आर्थिक बर्ष २०७७÷०७८ मा लक्ष्यको झन्डै दुई गुना राजस्व संकलन भएको छ । भन्सारमा गत बर्ष बार्षिक लक्ष्याको १ सय ९३ प्रतिशत राजस्वक उठेको हो । एक बर्षमा १ अर्व ५१ करोड २९ लााख राजस्वक संकलन भएको भन्सार प्रमुख रमेश खडकाले बताउनुभयो । गत बर्ष भन्सारलाई ७८ करोड १६ लाख लक्ष्य तोकिएको थियो ।

गत बर्ष भन्सारमा झन्डै ४८ करोड राजस्वक उठेको थियो । भन्सारमा यति धेरै राजस्व सकंलन भएको यो पहिलो पटक हो । सबै भन्दा बढी पुस महिनामा १७ करोड २० लाख ५७ हजार ५१५ संकलन भएको छ । गत साउनमा साउनमा १० करोड २४ लाख १५ हजार, भदौमा ११ करोड ५७ लाख र असोजमा १४ करोड १९ लाख राजस्व उठेको भन्सार प्रमुख रमेश खडकाले बताउनुभयो ।

स्त्तोरोन्नती भएको २ बर्ष पछि सुठौलीमा अहिले राजस्व सकलन राम्रो भएको उहाँले बताउनुभयो । कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बिचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति प्रगति गर्दै गएको उहाँले बताउनुभयो ।

कारोना भाईरसको बेला समेत बार्षिक लक्ष्यको झन्डै दुई सय प्रतिशत हुनु राम्रो संकेत भएको ’ उहाँले बताउनुभयो । ‘ भन्सारमा राजस्व असुली राम्रो भएको छ अब यो भन्सारको भौतिक अवस्थामा समेत सुधार गरिए अझै राम्रो हुन्छ ’ उहाँले भन्नुभयो । जग्गा अभावले भन्सारमा अझै सम्म यार्ड निर्माण हुन नसक्दा मालवाहक गाडीहरु बाटोमै खडा गर्ने गरिएको छ । यसले गर्दा धरै समस्या भएको खडकाले बताउनुभयो । यस्तै नाका क्वारेन्टाईन कार्यालय नहुदा समेत धेरै समस्या भएको उहाँले बताउनुभयो ।

भन्सारका लेखापाल मदन पाण्डेयले एक बर्षमा ढेड अर्व राजस्व उठाएर यो भन्सारले रकडै कायम गरेको बताउनुभयो । भन्सारमा धान, चामल, गहु, मकै तरकारी तथा फलफुल, कोइृला टायल्स र मार्बल पैठारी हुने गरेको छ । २०७६÷०७७ मा ४७ करोड ९५ लाख ८ हजार ३५२ रुपैया राजस्व संकलन भएको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj