Connect with us
Kapilvast Forest

लघु उद्यमि तयार गर्दै महाराजगन्ज नगरपालिका

२०७८, ५ श्रावण मंगलवारमा प्रकाशित

maharajganj.jpg

कपिलवस्तु-गरीबी निवारण गरी आयअर्जन गनेृ उद्देश्यले महाराजगंज नगरपालिकाले लघु उधमीको संख्या बढदै लगेको छ । गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत महाराजगन्ज नगरपालिकाले धमाधम उघु उधीमी बढदै गएको हो ।

नगरपालिकाले लक्ष्य भन्दा वढी नयाँ उद्यमी तयार गरेको जनाएको छ । विगत लामो समय देखि जिल्ला घरेलु तथा साना उद्योग कार्यालय, साविक जिल्ला विकास समिति र गैरसरकारी संस्थाहरुको माध्यमबाट संचालन गरिएको लघु उद्यम विकास कार्यक्रम संचालन गरिएको थियो । गत आब.बाट स्थानीय तहहरु मार्फत संचालन गर्ने व्यवस्था उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले लगाएको थियो । जस अन्तरगत कपिलवस्तु जिल्लाको महाराजगन्ज नगरपालिकालाई ९० जना नयाँ लघु उद्यमी तयार गर्ने लक्ष प्रदान गरिएकोमा ९५ जनालाई उद्यमशिलता विकास तालिम प्रदान गरिएको छ ।

आठ दिन सम्म दिइने यो तालिममा व्यवसायिक सचेतना, अवसरको पहिचान, परिवार र व्यवसाय विचको सम्बन्ध, ग्राहक स्थानीय स्रोत र बजारको पहिचान गरि व्यवसायको छनौट साथै व्यवसायिक योजना बनाउन सिकाइएको फोकल पर्सन निरन्जन पौडेलले बताउनु भयो । उघु उद्यमीले आफ्नो व्यवसायिक योजना बनाएपछी सो अनुसारको क्षमता वृद्धीको लागि पुन व्यवसायिक शिप विकास तालिम समेत ३७ जनालाइ प्रदान गरि उन्नत प्रविधीमा सहयोग भएको पौडेलले बताउनुभयो ।

विगतमा संचालित मेड्पा कार्यक्रमका लघु उद्यमीहरुको तथ्याकंहरु पूर्णरुपमा प्राप्त नभएको साथै लकडाउनले गर्दा वहाँहरुको स्तारोन्नती गर्न नसकिरहेको उहाले बताउनुभयो ।

नयाँ उद्यमीको सृजना लक्ष भन्दा वढी भएको जानकारी दिदै ति उद्यमीहरुलाई चालु वर्षमा बजार र वित्तिय संस्थाहरु संगको पँहुच बढाउने र थप सहयोग गरिने लक्ष समेत रहेको वताउनु भयो । कार्यक्रमले ८० प्रतिशत भन्दा वढी विपन्न महिला र यूवालाइ समेटेको छ । नगरपालिकाले थप एक जना उद्यम विकास सहजकर्ताको छनौट प्रकृयापनि अगाडी वढाएको छ ।