Connect with us
Kapilvast Forest

दुई महिना नपुग्दै कालोपत्रे भत्कियो

२०७६, ६ भाद्र शुक्रबारमा प्रकाशित

 पाँचथर । मध्यपहाडी राजमार्ग अन्तरर्गत पाँचथर खण्डको जोरसाल देखि तमोर नदीसम्मको कालोपत्रे भत्किएको छ । कालोपत्रे सकिएको दुई वर्ष नपुग्दै सडक चिरिएपछि माटोले ढाकछोप गरिएको छ ।

हाल निर्माणाधीन पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तरर्गत पाँचथरको फिदिमस्थित जोरसाल देखि तमोर नदीसम्मको कालोपत्रे गरिएको सडक गुणस्तहीन देखिएको हो । राष्ट्रिय गौरवको आयोजनाको खण्ड भत्किएर चिराचिरा परेको छ । पिएस र थाक्थुङ्हाङ एस विए जेभीले निर्माण गरेको सडकका विभिन्न ठाउँहरुमा भत्किएको हो ।

मध्यपहाडी राजमार्गमा कालोपत्रे निमार्ण गरेको दुई महिना नबित्दै सडक भत्कीएको हाे । निर्माणका क्रममा त्यही सडकका अन्य स्थानहरु भत्किएपछि त्यसैगरि माटोले छोप्ने काम भएको थियाे । निमार्ण कम्पनीले आफ्नो कमजाेरीलाई ढाकछोप गर्न भत्किएको ठाउँमा गिट्टीले पुरेका थिए । अहिले भने मध्यपहाडि लोकमार्ग आयोजनाको कार्यालयबाटै भत्कीएको कालोपत्रे सडक पुरेर ढाकछोप गर्ने काम भएको छ ।

भौगोलिक अवस्था, हावापानी तथा प्राविधिक कारणले सडकमा समस्या आएको मध्यपहाडी राजमार्ग कार्यालय पाँचथरले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu