Connect with us
Kapilvast Forest

भरतपुरमा भेटिएको शव नेपाली सेनाका हुद्दाको रहेको पुष्टि

२०७८, ७ श्रावण बिहीबारमा प्रकाशित

goli

काठमाडौं- चितवनको भरतपुर महानगरपालिका–१७, बनगाई डेरी चोकमा भेटिएको शव नेपाली सेनाका हुद्दाको रहेको खुलेको छ।मृतक धादिङको निलकण्ठ नगरपालिका–१३ निवासी ३६ वर्षीय भरत गुरुङ रहेको खुलेको प्रहरीले जनाएको छ।

उहाँ नेपाली सेनाको महेन्द्र दल गण राष्ट्रिय निकुञ्ज शिवपुरी टोखामा कार्यरत रहेको खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर केसीले जानकारी दिनुभयो ।

गुरूङको एकापट्टि कान नजिकैबाट हानिएको गोली अर्को कानभन्दा माथिबाट निस्किएको प्रहरीले जनाएको छ। केही दिन अगाडि जग्गा सम्बन्धी कारोबारका लागि उहाँ चितवन गएर आफन्तको घरमा बसिरहेको खुलेको छ।मृतकको शव भरतपुर अस्पतालको शव गृहमा पोस्टमार्टमका लागि राखिएको छ। प्रहरीले घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu