Connect with us
Kapilvast Forest

जसपाका राजकिशोर यादवद्वारा उपेन्द्र यादव पक्षमै हस्ताक्षर

२०७८, ११ श्रावण सोमबारमा प्रकाशित

काठमाडौं-जवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका नेता राजकिशोर यादव अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लाग्नुभएको छ ।सोमबार निर्वाचन आयोगमा पुगेर उनले अध्यक्ष यादव पक्षमै हस्ताक्षर गर्नु भएको छ । निर्वाचन आयोगले जसपा आधिकारिकता विवाद टुंग्याउन केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको थियो।

दुवै पक्षहरूका लागि आयोगले छुट्टाछुट्टै ठाउँमा हस्ताक्षर गर्ने व्यवस्था गरेको छ। उहाँले यादव पक्षका लागि व्यवस्था गरिएको ठाउँमा गएर हस्ताक्षर गर्नु भएको हो ।

हस्ताक्षर गर्नुअघि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुु भयो ,  “म एकताको पक्षमा छु, जसपाको मूलधारसँग छु।” उहाँले यादव पक्षलाई जसपाको मूलधार भएको जिकिर गनुृ भएको छ । यसअघि उनी अध्यक्ष ठाकुर पक्षमा हुनुन्थ्यो ।

निर्वाचन आयोगको इजलासले आज दुवै पक्षका केन्द्रीय कार्यकारिणी समिति सदस्यको सनाखत गर्दै छ। सनाखत सकिएपछि आयोगको इजलासले फैसला सुनाउने भएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu