आधिकारिकता पाएपछि जसपाको बैठक बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) ले कार्यकारिणी समितिको बैठक बोलाएको छ। निर्वाचन आयोगबाट सोमबार आधिकारिकता पाएपछि जसपाले भावी रणनीति तय गर्न बैठक बोलाएको हो। बैठक २ बजे बालकुमारी स्थित पार्टी कार्यालयमा बस्ने छ। आधिकारिकतापछि पार्टीको नयाँ संगठन, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको जसपा नेता इस्तियाक राईले बताए।
सोमबार निर्वाचन आयोगमा आधिकारिकताका लागि भएको सनाखतमा उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षमा ३४ कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए। महन्थ ठाकुर पक्षमा १६ जनाले हस्ताक्षर गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका थिए।