Connect with us
Kapilvast Forest

चन्द्रशम्शेरकाे पालामा निर्माण भएकाे सुरुङ मार्गकाे पुनर्निर्माण हुने

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

मकवानपुर – आजभन्दा एक सय चार वर्षअघि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको र एसियाकै पहिलो मानिएको सुरुङ मार्गको पुनर्निर्माणको जिम्मा माउण्टेन इन्फ्रा कम्पनीले पाएको छ ।

वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयले झन्डै पाँच करोड रुपैयाँको अधिकतम सीमाभित्रमा सुरुङ मार्गको निर्माण सम्पन्न गर्न सक्ने ठेकेदार कम्पनीलाई प्रस्ताव प्रस्तुत गर्न आह्वान गरेकोमा माउण्टेन इन्फ्रा कम्पनीकाे प्रस्ताव छनोट भएको यातायात पूर्वाधार निर्देशनालयका प्रमुख डाक्टर सहदेवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुरुङको पुनर्निर्माणको शिलान्यास यही साउन १४ गते मुख्यमन्त्री डोरमणि पौडेलले गर्नुहुने जनाइएको छ । प्रदेश २ को बारा र वाग्मती प्रदेशको मकवानपुरलाई जोड्ने चुरियामाई सुरुङ मार्ग १९७५ तिर राणा प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा निर्माण भएको हो ।

यस मार्गबाट विसं २०२० सम्म सवारी आउजाउ हुने गरेको अग्रजहरू बताउँछन् । सुरुङ नेपालको पहिलो त थियो नै त्यतिखेर एसियामै सुरुङ मार्ग नभएकाले त्यस समय नेपाल आएका भूगोलविद् टोनी हेगनले आफ्नो आत्मकथामा लेखेका छन् । उनले आफ्नो पुस्तकमा यस सुरुङलाई विश्वको आठौँ आश्चर्यका रूपमा समेत उल्लेख गरेका छन् ।

स्विट्जरल्यान्डबाट नेपालको खानीलगायतको भूगर्भिक अवस्थाको अध्ययन गर्न नेपाल आएका टोनी हेगनले आफ्नो पुस्तक ‘दि हिमालयन किङ्डम अफ नेपाल’ मा यो सुरुङ मार्गले आफूलाई आश्चर्यचकित बनाएको उल्लेख गरेका छन् ।

यातायात प्रयोजनका लागि निर्माण भएको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ मार्गले ऐतिहासिक महत्त्व राख्दछ । चुरियामाई सुरुङ मार्ग नेपाली सेनाका कर्णेल इन्जिनियर डिल्लीजङ थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।

विसं १९७४ मा चन्द्रशम्शेरले बनाउन लगाएको यो मार्ग पाँच सय मिटर लामो थियो । अहिले पहिराले एकापट्टिको भाग पुरिएपछि यो मार्गको दुई सय ८० मिटरमात्र बाँकी रहेको छ । नेपालका पहिलो इन्जिनियर डिल्लीजङ्ग थापाले डिजाइन र निर्माण गराएको यो सुरुङ मार्ग नजिकै चर्चित शक्तिपीठ चुरियामाईको मन्दिर छ । इन्जिनियर थापाले सुरुङ खन्न थालेपछि उनलाई सपनामा देवीले ‘म बसेको ठाउँमा बाटो खनिस्, त्यसको सट्टामा एउटा मन्दिर बनाएर मलाई स्थापना गर्’ भनेका कारण थापाले मन्दिर बनाएको किंवदन्ती पाइन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu