Connect with us
Kapilvast Forest

रवीन्द्रको प्रस्तावले राष्ट्रिय राजनीति तरंगित

२०७८, १२ श्रावण मंगलवारमा प्रकाशित

 

काठमाडौँ – संघीयता खारेज गर्नुपर्ने र धर्मनिरपेक्षताबारे जनमत संग्रह गरिनुपर्ने विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको प्रस्तावले मुलुकको राजनीति तरंगित बनेको छ ।लामो समय पत्रकारितामा संलग्न रहेर वैकल्पिक राजनीतिक शक्ति निर्माणमा जुटेका मिश्रलाई अहिलेको अवस्थामा राजनीतिका सफल र बलिया पात्र मानिँदैन ।

तर उहाँले एकाएक संघीयता खारेजीको प्रस्ताव ल्याएपछि राजनीतिक हलचल भने मच्चिएको छ ।मिश्रको प्रस्तावको पक्ष विपक्षमा सामाजिक सञ्जालहरुमा प्रतिक्रियाहरुको बाढी उर्लेको छ ।कतिपयले संघीयता खारेजीको प्रस्तावको समर्थन गरेका छन् भने कतिले मिश्रलाई राजसंस्थाको वकालत गर्ने कमल थापाको पार्टीमा प्रवेश गर्न सुझाव दिएका छन् ।

तर रवीन्द्रको प्रस्तावमा बल पुग्ने गरी मुलुकको सबैभन्दा ठूलो दल नेकपा एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटा पनि संघीयताको विपक्षमा उभिएपछि यो विषय राष्ट्रिय राजनीतिको केन्द्रमा छाएको हो ।हुन त बाँस्कोटाले एमालेभित्र संघीयताबारे बहस चलाउने नेताहरु मध्ये पर्छन् । तर संघीयता खारेज गर्नुपर्ने मिश्रको प्रस्तावको भोलिपल्टै उहाँले नेपालमा संघीयताको एजेण्डा खुसुक्क घुसाइएको दाबी गर्नुलाई झनै अर्थपूर्ण रुपमा हेरिएको छ ।

संघीयतामा कुनै देश किन गए भन्ने कुराको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक र अन्य ऐतिहासिक पृष्ठभूमि नहेरी नेपालमा जनताको आमुल परिवर्तनको स्वप्नशील तागतभित्र यो एजेण्डा खुसुस्क घुसाइएको उहाँको दाबी छ ।संघीयतासँगै धर्म, संस्कृति र राज्यबारे छुट्टै बहस हुनुपर्ने नेता बाँस्कोटाको भनाई छ ।

यता नेपाली कांग्रेसका युवा नेता डा. चन्द्र भण्डारीले पनि संघीयताबारे नयाँ बहस गर्नुपर्ने बेला निम्तिसकेको बताउनुभयो ।पर्र्याप्त अध्ययन र छलफलबिना नै संघीयता लादिएको उहाँले बताउनुभयो । राजनीतिक दलका नेताहरुलाई मात्रै रोजगारी दिने गरी स्थापित शासन पद्धतिले मुलुक चल्न नसक्ने उहाँको भनाई छ ।

राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पनि आम जनताहरुलाई संघीयता मन नपरेको कुा स्पष्ट रहेको बताउनुभयो ।जनताले व्यक्त गरिरहेका विचारहरुतर्फ अब नेताहरु पनि बहकिन सुरु गरेको उहाँको टिप्पणी छ ।संघीयता खारेज नै हुनुपर्छ भन्नेमा आफू नरहे पनि जनतामा भने व्यापक निराशा छाइसकेको उहाँले बताउनुभयो ।

तर संघीयता आफ्नो एजेण्डा रहेको दाबी गर्ने माओवादी नेताहरुले भने नेपालमा संघीयताको नतिजाको परीक्षण गर्ने बेला नै भैनसकेको दाबी गरेका छन् ।परिवर्तन विरोधी तत्वहरुले संघीयता खारेजीको कुरा उठाइरहेको माओवादी नेता देवेन्द्र पौडेलको दाबी छ ।सानो समूहले उठाएका कुरालाई ठूलो महत्व दिन आवश्यक पनि नरहेको उहाँले बताउनुभयो ।

नेपालमा व्यवस्था पटक–पटक फेरियो तर जनताको अवस्था भने उस्तै रह्यो ।संघीयताले अपेक्षाअनुरुप नतिजा दिन नसकेपछि आम नागरिकहरुमा फेरि पनि निराशा छाएको छ ।नेताहरुले जनतामा छाएको निराशा सम्बोधन गर्न सकेनन् भने संघीयता ढल्न समय लाग्ने छैन ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu