कपिलवस्तुको मायादेविवाट एमालेमा ठूलो संख्यामा प्रबेश
कपिलवस्तु –सत्त्ता गठबन्धन मन्त्री मण्डल भागवण्डामा तछाड मछाड गरि रहेका वेला नेकपा एमाले भने डेढ वर्षपछि हुने चुनावको तयारीमा जुटेकोछ । सोही क्रममा कपिलवस्तुको मायादेवि गाउपालिकामा एमालेले विभिन्न पार्टीका ३ सय नेता कार्यकर्तालाई एमाले प्रबेश गराएको छ ।पूर्वमन्त्री एवम लुम्विनी प्रदेश अध्यक्ष लिलागिरीले टिका लगाएर ठूलो संख्यामा पार्टी प्रबेश गराउनु भएको हो ।
त्यसरी प्रबेश गर्नेमा यसअघिको चुनावमा लोकतन्त्रिक फोरमवाट पालिका अध्यक्ष लडेर २ हजार मत सहित तेश्रो भएका हलिम मुसलमान रहनुभएको छ । उहाका साथमा जमिल मुसलमान,करिम मुसलमान, अख्तर मुसलमान लगायत सबै वडाका मधेसवादी दलका अगुवा कार्यकर्ता प्रबेश गरेका हुन् । प्रबेश गर्नेमा कांग्रेस र माओवादीका पालिका तथा वडास्तरका कार्यकर्ता समेत रहेको एमालेका जिल्ला सहसंयोजक डम्मर शर्माले वताउनु भयो ।
नवप्रबेशीलाई स्वागत गर्दै पूर्वमन्त्री गिरीले एमालेलाई अदालतले सत्तावाट वाहिर ल्याएकोले अवको चुनावमा फेरी जनमतवाटै सत्तामा पुग्ने दावि गर्नु भयो । अवको चुनावपछि फेरी शेर वहादुर र प्रचण्ड अदालतमा गएर चुनावमा एमालेले धाधली गरयो हामीलाई नै प्रधानमन्त्री घोषित गराइपाउ भन्ने निवेदन हाल्न सक्ने भन्दै जनताले नपत्याएकाले गर्ने हर्कत यस्तै हुन्छन् उहाले ब्यंग्य गर्नु भयो ।
यता एमालेका केन्द्रिय नेता एवम राष्ट्रिय सभा सदस्य विमला घिमिरेले अवको स्थानीय चुनावमा एमालेले मायादेवि गाउपालिका जित्ने आधार बनेको भन्दै थप प्रगतीकालागि अहोरात्र खट्न पार्टी कार्यकर्तालाई आग्रह गर्नु भयो ।
एमालेका प्रदेश नेता एवम संविधान सभा सदस्य बलराम अधिकारीले वर्षाैदेखि नागरिकता नपाएका मधेसीहरुलाई नागरिकता र भूमिहिनलाई भूमि दिलाउन एमालेले जुनसुकै अवस्थामा पनि डटेर लाग्ने वताउनु भयो । प्रदेश सांसद एवम एमालको यूवा नेता विष्णु पन्थीले अव मधेसको कायापलट एमालेले गर्ने दिन आउने संकेत देखिएको भन्दै एमालेसंग प्रतिस्पर्धा गर्न अरु दलले गठबन्धन वनाउने स्थिती आउने तर्क गर्नु भयो । एमालेका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एमालेको कामवाट अत्तालिएर देशी विदेशी शक्ति र अदालतको सेटिङमा एमालेलाई सत्तावाट हटाएपछि जनताका बीचमा आएको दावि गर्नु भयो ।