Connect with us
Kapilvast Forest

माधव नेपाललाई पार्टीमा ठाउँ छैन: केपी ओली

२०७८, १६ श्रावण शनिबारमा प्रकाशित

 

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिँदै पार्टीमा कुनै ठाउँ नरहेको बताउनुभएको छ ।

एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता नेपाल आन्दोलनविरोधी भएको बताउनुभयो ।वामपन्थी सरकार ढाल्ने, आफ्नो अध्यक्षले माग्दा पनि विश्वासको मत नदिने, दक्षिणपन्थी सरकारलाई मेरो विश्वास छ भनेर ह्वीप क्रस गर्ने,’ उहाँले भन्नुभयो, ‘माधव नेपाल जस्ता आन्दोलन विरोधी देशद्रोहीलाई कुनै ठाउँ छैन ।’

ओलीले प्रतिक्रियावादीहरूसँग लागेर माधव नेपालले एमालेको सरकार ढालेको आरोप लगाउनुभयो ।उहाँले बाटो बिराएका अरु भने पार्टीमा फर्किन सक्ने बताउनुभयो । ‘आउनुस् यो पार्टी हामी सबै जनाको हो । जो आउँदैन, आउँदैन । समय कुर्दैन’ ओलीले भन्नुभयो ।

अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गर्नुभयो । पार्टीमा खुट्टा तान्नेहरू कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उहाँको भनाइ छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu