पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा स्नातकोत्तर अध्ययनका लागि अमेरिका प्रस्थान
काठमाडौं-पूर्वमिस नेपाल श्रृङ्खला खतिवडा अध्ययनका लागि सोमबार बेलुकी अमेरिकी प्रस्थान गर्नु भएको छ । उहाँलाई त्रिभुवन विमानस्थलमा उहाँका प्रेमी सिसन बानिया र परिवारका केही सदस्यले बिदाई गर्नु भएको थियो । बिदाईका क्रममा सिसन र श्रृङ्खला केही समय भावुक समेत देखिनु भएको थियो ।
श्रृङ्खला हावर्ड विश्वविद्यालयमा सहरी विकास विषयमा स्नातकोत्तर पढ्न अमेरिकातर्फ प्रस्थान गर्नु भएको हो । केही समय अगाडि उहाँले आफू हावर्ड विश्वविद्यालयमा अध्ययनका लागि जान लागेको जानकारी दिनु भएको छ । श्रृङ्खलाले आर्किटेक्चरमा स्नातक गरिसक्नु भएकने छ ।
‘मिस नेपाल’ भएसँगै श्रृङ्खला निरन्तर चर्चामा हुनुन्थ्इो । विशेषगरी, उहाँको सुन्दरता र बौद्धिकताको प्रशंसक विश्वभरका नेपाली छन् ।श्रृङ्खला न्यूयोर्कमा आयोजना हुन लागेको ‘मिस नेपाल नर्थ अमेरिका’ नामक ब्यूटी पेजेन्टमा निर्णायकको रुपमा सहभागी हुने कार्यक्रम समेत रहेको छ ।