भूमि आयोगमा कार्यकर्ता भर्ती गरेकाले खारेज भयो :गगन थापा
चितवन- नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफू स्वास्थ्यमन्त्री बन्न तयार भएको बताउनुभएको छ । भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहे आफू स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताउनुभएको हो ।
नेता थापाले आफूलाई संसदमै बस भने पनि ठीक भएको र सरकारमा आएर काम गर भने तयार भएको बताउनुभयो । तर, आफूले गठबन्धनको सरकार भएकाले मन्त्री बन्न कुनै दबाब नदिएको बताउनुभएको छ ।थापाले सरकारको न्यूनतम साझा कार्यक्रम आएँगै २र३ दिनभित्र सरकारले पूर्णता पाउने विश्वास व्यक्त गर्नु भएको छ ।
तर, उहाँले देश कोरोना महामारीसँग लडिरहे पनि सरकारले स्वास्थमन्त्री बनाउन नसकेको टिप्पणी गर्नु भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगमा ओली सरकारले कार्यकर्ता भर्ती गरेकाले खारेज गरिएको गगनको तर्क गर्नु भयो ।
‘संसदमा छलफल नगरी आयोगमा कार्यकर्ता भर्ती भएकाले , रुने कराउने काम बेकारको हो’ । उहाँले सुकुम्बासी समस्या आफूहरुको पनि समस्या भएको भन्दै छिटो समस्या हल हुनुपर्ने बताउनुभयो ।