Connect with us
Kapilvast Forest

१२७ किलो गाँजा बोकेको ट्रकसहित तीन पक्राउ

२०७८, २० श्रावण बुधबारमा प्रकाशित

pakrau-

काठमाडौं-मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन्।बुधबार बिहान ७ बजे मनहरी गाउँपालिका वडा नम्बर ८ सिमपानीस्थित पूर्व(पश्चिम लोकमार्गबाट तीन जनालाई १२७ किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।

बिआरई २८३९ नम्बरको भारतीय ट्रकलाई प्रहरीले रोकेर चेक गरेको थियो। चेक गर्नेक्रममा ट्रक पछाडी फल्स बटम बनाएर लुकाइएको अवस्थामा गाँजा थियो। त्यहाँबाट १२७ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

भारत वैशाल जिल्लाका ३८ वर्षीय रामराज सहनी, ट्रकमा सवार भारतको समस्तिपुर १८ वर्षीय राहुलकुमार सहनी र विरगंज महानगरपालिका वडा ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारीलाई प्रहरीले पक्राउ गरेको छ।उनीहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu