कैलालीमा सशस्त्र प्रहरी जवान मृत फेला
काठमाडौं-कैलालीमा सशस्त्र प्रहरीका जवान कार्यालय परिसरमै मृत भेटिएका छन्। डडेल्धुरा भागेश्वर गाउँपालिका–१ का ३१ वर्षीय सशस्त्र प्रहरी जवान हरिश कुमार शाही आज बुधबार बिहान मृत भेटिनुभएको छ । शाही धनगढी उपमहानगरपालिका–१ स्थित सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टरमा कार्यरत हुनुन्थ्यो ।
कार्यालयको परिसरभित्र उत्तरपट्टीको कम्पाउन्डनजिक पानी जमेको स्थानमा घोप्टो अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलाली प्रहरी प्रवक्ता डीएसपी प्रतिक विष्टका अनुसार अहिले प्रहरी टोलीले घटनास्थल शव जाँच मुचुल्का लगायतका कार्य गरी पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको छ। घटना सम्बन्धमा थपअनुसन्धान भइरहेको उनहाँले बताउनुभयो ।