Connect with us
Kapilvast Forest

रामचन्द्र पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरुको भेला

२०७८, २२ श्रावण शुक्रबारमा प्रकाशित

Ramchandra-Poudel-1.jpg

 

काठमाडौं – नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।

यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आउनुभएको थियो । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि संयुक्त रुपमा छलफल गर्न लागिएको हो ।

 

एक जना जिल्ला सभापतिले यही साउन २५ गते काठमाडौंमा भेला बोलाइएको जानकारी दिनुभयो । ‘भेलामा महाधिवेशन सुनिश्चितताका लागि चाल्ने कदम लगायतका विषयमा छलफल हुन्छ,’ उहाँले भन्नुभयो ।अर्का एक जिल्ला सभापतिले भन्नुभयो भेला गर्ने बारे छलफल भइरहेको तर मिति र स्थान भने टुंगो नलागेको बताउनुभयो ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu